मुम्बई, २५ साउन– भारतका चर्चित कमिडियन कपिल शर्माको रियालिटी शो ‘द कपिल शर्मा शो’ अझै एक वर्षसम्म विनाअवरोध चल्ने निश्चित भएको छ ।
सोनी इन्टरटेनमेन्ट टेलिभिजनले नविकरण गरेपछि कपिल शर्माको शो एक वर्ष चल्ने निश्चित भएको हो । कपिल शर्मा शोका महत्वपूर्ण कलाकार सुनिल ग्रोबर बाहिरिएसँगै घट्दो टीआरपीका कारण शो नविकरण नहुने हल्ला चलेको थियो ।
तर सोनी इन्टरटेनमेन्ट टेलिभिजनले पुनः एक वर्षका लागि शोका लागि सम्झौता गरेको छ ।
शो नविकरण भएलगत्तै कपिल शर्मामाले एक वक्तव्य जारी गर्दै आफ्ना सशै प्रसंशक र सुभचिन्तकहरुलाई धन्यवाद दिएका छन् ।
सोनी तर सोनी इन्टरटेनमेन्ट टेलिभिजनका कार्यकारी उपाध्यक्ष ड्यानिस खानले शोको नविकरण पछि आफूहरुको सम्बन्ध थप अगाडि बढ्ने बताएका छन् । ‘विश्वभरका मानिसमा हरेक सप्ताहन्तमा दी कपिल शर्मा सोले मुस्कान ल्याइदिन्छ,’ सोनी टेलिभिजनका कार्यकारी उपाध्यक्ष ड्यानिस भनेका छन्, ‘नविकरणसँगै हाम्रो सम्बन्ध थप अगाडि बढ्ने भएको छ । कपिल शर्माजस्तो क्षमतावान कलाकार पाउँदा हामी गौरवान्वित छौं ।’
कपिलको शो बलिउडका ठूला फिल्मको प्रमोशनका लागि पनि महत्वपूर्ण प्लेटफर्म मानिन्छ ।