०१ असार २०८३, सोमबार

पानी खाने करुवाले टाउकोमा हानेर  श्रीमतीको हत्या

कात्तिक २४, २०७९
पानी खाने करुवाले टाउकोमा हानेर  श्रीमतीको हत्या

श्रीमतीको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

२६ वर्षीया सपना गोरडको हत्या गरेको अभियोगमा झापाको बुद्धशान्ति गाउँपालिका–१ बुधबारे बजारस्थित सुन पसल संचालन गरी बस्ने भारत घर भएका ३२ वर्षीय रघुनाथ मारुती गोरडलाई बिहीबार बिहान पक्राउ गरेको प्रहरीले बताएको छ । ​

उनीहरूबीचको सामान्य वादविवादमा रघुनाथले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घटनास्थलमै मृत्यु भएको थियो ।

उक्त सूचना पाएपछि ईलाका प्रहरी कार्यालय बुधबारे र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्