
बहुप्रतीक्षित बलिउड फिल्म 'पठान' आगामी जनवरीमा रिलिज हुँदैछ ।
पठानमा साहरुख खान र दीपिका पादुकोणले मुख्य भूमिका निभाएका छन् ।
सिद्धार्थ आनन्दले निर्देशन गरेको यस फिल्म आगामी जनवरी २५ मा हलमा आउने बताइएको छ ।
निर्देशक आनन्दले फिल्ममा दीपिकालाई सबैभन्दा हट र उत्कृष्ट अवतारमा प्रस्तुत गरिएको बताएका छन् ।
उनले दीपिकाको हट अवतारले सबैलाई मोहित पार्ने समेत बताएका छन् ।
साहरुख र दीपिका भारतीय सिनेमाको इतिहासमा 'ओम शान्ति ओम', 'चेन्नई एक्सप्रेस' र 'ह्याप्पी न्यू इयर' जस्ता महा ब्लकबस्टरहरू दिएका सबैभन्दा ठूलो अन-स्क्रिन जोडी मध्ये एक हुन्।
पठान हिन्दी, तमिल र तेलुगु भाषामा एकसाथ रिलिज हुँदैछ।