
नोभेम्बर ४ मा रिलिज भएको बलिउडको हरर कमेडी फिल्म 'फोन भूत' ले बक्स अफिसमा खराब व्यापार गरेको छ ।
दर्शक तथा समीक्षकबाट नकारात्मक प्रतिक्रिया पाएको यस चलचित्रले हलमा व्यापार गर्न नसकेको हो ।ऽ
यद्यपी मंगलवार भने व्यापार वृद्धि गरेको छ ।
कट्रिना कैफ मुख्य भूमिकामा रहेको यस फिल्मले मंगलवार बिदा परेकाले व्यापारमा केही वृद्धि गरेको बताइएको छ ।
फिल्मले मंगलबार १.५२ करोड भारतीय रुपैयाँ कमाएको छ । जुन सोमबारको कमाइको तुलनामा १.३४ करोड हो ।
फिल्मले भारतीय बक्स अफिसमा कुल १०.७१ करोड भारतीय रुपैयाँ कमाएको फिल्म समीक्षक एवम् व्यापार विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।
फिल्ममा कट्रिनासँगै सिद्धान्त चतुर्वेदी र इशान खट्टर पनि मुख्य भूमिकामा छन् ।
फिल्मलाई गुरमीत सिंहले निर्देशन गरेका हुन् भने फरहान अख्तर र रितेश सिधवानीले निर्माण गरेका हुन् ।