
विश्वका धेरै हिमनदीहरू पूर्ण रुपमा पग्लने खतरा रहेको एक प्रतिवेदनले प्रक्षेपण गरेको छ।
सन् २०५० सम्ममा धेरै हिमनदी पूर्णतया पग्लने युनेस्कोको एक प्रतिवेदनले देखाएको हो ।
येलोस्टोन र किलिमन्जारो राष्ट्रिय निकुञ्जलगायत विश्व सम्पदा क्षेत्रका धेरै हिमनदीहरू सन् २०५० सम्म पग्लने हिमनदीको सूचीमा परेको युनेस्कोले जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय निकाय सो प्रतिवेदनलाई देखाउँदै हिमनदीको बाँकी भाग बचाउनका लागि छिटो काम गर्न अपिलसमेत गरेको छ ।
युनेस्कोले यो प्रतिवेदन गत हप्ता सार्वजनिक गरेको हो ।
प्रतिवेदनका अनुसार जलवायु परिवर्तनका कारण ५० वटा विश्व सम्पदामा परेका हिमनदीहरू सन् २०५० सम्ममा पग्लने सम्भावना छ ।
युनेस्कोले यदि तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढि नबढ्ने हो भने साइटहरूमा समावेश भएका बाँकी दुई तिहाइ हिमनदीहरू बचाउन सकिने बताइएको छ ।