१९ असार २०८३, शुक्रबार

नेप्से लगातार ओरालो

कात्तिक २४, २०७९
नेप्से लगातार ओरालो
प्रतिकात्मक तस्वीर

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लाग्ने क्रमले बिहीवार पनि निरन्तरता पाएको छ । 

बुधवार ३९ अंकले घटेको नेप्से बिहीवार २३ दशमलव ५२ अंकले झरेर १ हजार ८९३ दशमलव ७० अंकमा कायम भएको हो ।

बिहीवार २२६ कम्पनीको ३१ लाख १४ हजार ६८९ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ बराबरको कारोबार भएको छ ।

सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ८८ दशमलव ५४ र जीवन बीमा समूहको उपसूचक ६९ दशमलव ७७ अंकले घटेको छ । बैंकिङ समूहमा ९ दशमलव २१, व्यापार समूहमा २१ दशमलव ७८, होटल तथा पर्यटन समूहमा २८ दशमलव २ र जलविद्युत् समूहमा ४१ दशमलव १८ अंकको गिरावट देखिएको छ । वित्त समूहको उपसूचक ३८ दशमलव ४७, उत्पादन समूहको उपसूचक ६३ दशमलव ९७, लघुवित्त समूहको उपसूचक ५० दशमलव ५७, म्युचुअल फन्डको उपसूचक ० दशमलव १६ र अन्य समूहको उपसूचक ३३ दशमलव ५७ अंकले घटेको पनि नेप्सेले जनाएको छ । 

बिहीवार २१ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीको घटेको छ । सबैभन्दा धेरै मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयर ३ दशमलव ९३ प्रतिशतले बढेको छ । सबैभन्दा बढी गुमाउनेमा भने अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर ६ दशमलव ९१ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै १० करोड २२ लाख ३५ हजार ४२८ रुपैयाँ बराबरको १ लाख ६२ हजार ११५ कित्ता शेयर किनबेच भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्