०५ असार २०८३, शुक्रबार

शिविरमा गएर १७८ थान नागरिकता वितरण गरियो

कात्तिक २०, २०७४
शिविरमा गएर १७८ थान नागरिकता वितरण गरियो
पाँचथर, २५ साउन । पाँचथरको तुम्बेवा गाउँपालिकामा सञ्चालन भएको शिविरमा १७८ जनाको नागरिकता वितरण गरिएको छ । 

तुम्बेवा गाउँपालिकाको आयोजनामा गत साउन २२, २३ र २४ गते सञ्चालित शिविरमा उनीहरुको नागरिकता वितरण गरिएको गाउँपालिका अध्यक्ष होम थापाले जानकारी दिनुभयो । 

वर्षाद्को समयमा इलाका प्रशासन कार्यालय रवि पुगेर नागरिकता बनाउन स्थानीयवासीलाई असहज भएको हुँदा गाउँमै टोली झिकाएर नागरिकता वितरण शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो । 

इलाका प्रशासन कार्यालय रविको टोलीले तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारमै गएर नागरिकता वितरण गरेको थियो । गाउँमै नागरिकता बनाउन पाएपछि आफू हर्षित भएको सुष्मा कार्कीले बताउनुभयो । 

नागरिकता बनाउन रविसम्म पुग्नु पर्दथ्यो तर अहिले गाउँमै नागरिकता बनेपछि आफूहरु हर्षित भएको तुम्बेवा गाउँपालिका–३ का अशोक बस्नेतले बताउनुभयो । 

सो शिविरमा जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता परिचयपत्र वितरण कार्यक्रममा पाँच सय बढीको परिचयपत्र बनाएको निर्वाचन कार्यालय प्रमुख धु्रव राईले बताउनुभयो । रासस 
 

salt training

कमेन्ट गर्नुहोस्