२५ असार २०८३, बिहीबार

यसरी बनाउनुस् मीठो रसबरी

कात्तिक २०, २०७४
यसरी बनाउनुस् मीठो रसबरी

काठमाडौं, २५ साउन — मिठाइ खान सबैलाई मन लाग्छ । झन् घरैमा मिठाइ बनाएर खान पाए त क्या मज्जा हुन्थ्यो । हामी आज तपाईंलाई रसबरी बनाउने तरिका सिकाउँछौं ।


सामग्री

एक लिटर दूध
३०० ग्राम चिनी
दुईवटा कागती
अढाई लिटर पानी
डेढ कप चिनी
आधी चम्चा गुलाफपानी
आधी चम्चा अलैंचीको धूलो

विधि
सबभन्दा पहिले एउटा भाँडोमा दूध तताउनुस् । दूध उम्लेपछि केही बेर सेलाउनलाई छोडिदिनुस् ।

अब कचौरामा कागतीको रस हाल्नुस् र त्यसबराबर पानी मिसाउनुस् ।

यो मिश्रणलाई एक एक चम्चा गर्दै दूधमा हाल्नुस् र हल्लाउनुस् । यसो गर्दा दूध फाट्छ । फाटेपछि कागतीपानी हाल्न छोड्नुस् ।

अब फाटेको दूधलाई सूतीको कपडामा हालेर पोको पार्नुस् र एकछिनका लागि झुण्ड्याउनुस् ताकि बाँकी पानी जाओस् । तपाईंको छेना तयार भयो ।

अब यो छेनालाई एउटा प्लेटमा निकाल्नुस् र औंलाले थिच्दै नरम बनाउनुस् । छेनालाई १० भागमा बाँड्नुस् र एकएक भागलाई उठाएर गोलो आकार दिनुस् ।

अब एउटा भाँडोमा पानी र चिनी मिसाउनुस् । चिनी मज्जाले घुलेपछि त्यसमा गुलाफपानी र अलैंचीको धूलो मिसाउनुस् ।

अब चिनीपानीमा प्रत्येक छेनाको डल्लो हालेर भाँडोमा १० मिनेटका लागि प्लेटले छोप्नुस् । हरेक तीन मिनेटमा चम्चाले रसबरीका डल्लालाई हल्लाइरहनुस् । तिनको आकार दोब्बर भएको देख्न सक्नुहुनेछ ।

लौ, तपाईंको रसबरी तयार भयो । अब यिनीहरूलाई चिसो हुनका लागि छोडिदिनुस् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्