३० जेठ २०८३, शनिबार

अब गोप्य रुपमा मेसेज पठाउन पाइने, पठाउनेको नाम पत्ता लाग्दैन

कात्तिक २०, २०७४
अब गोप्य रुपमा मेसेज पठाउन पाइने, पठाउनेको नाम पत्ता लाग्दैन
साउदी अरबको मेसेज एप्लिकेशन बजारमा एक नयाँ एप सराहाले तहल्का मच्चाएको छ । करिब १ महिना पहिला लञ्च भएको यस एपलाई करिब ३० करोड पटक डाउनलोड गरिएको छ ।

तर सवैभन्दा अचम्मको कुरा यसलाई तीन जना मिलेर चलाइरहेका छन् ।

यस एपको माध्यमबाट तपाई आफ्नो प्रोफाइलको लिंक कुनै पनि व्यक्तिलाई मेसेज पठाउन सक्छ । तर सवैभन्दा रमाइलो के छ भने मेसेज पाउनेवालालाई यो पत्ता लाग्ने छैन कि यो मेसेज को बाट आयो । यसको जवाफ पनि दिन सकिँदैन ।

यरी कारण यो एप मानिसहरुमा निकै लोकप्रिय बनिरहेको छ ।

सराहा एक अरबी शव्द हो जसको अर्थ इमान्दारी हुन्छ ।

यो एप बनाउने २९ वर्षीय जेन अल अबीदीनले यो एप सुरुमा १ हजारले डाउनलोड गर्लान् भन्ने सोचेका थिए तर अहिले यो गूगल प्ले स्टोरमा मात्र ५० लाख भन्दा धेरैकहाँ पुगिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्