१० साउन २०८३, आइतबार

राजीव गान्धी हत्याका ६ जना दोषीलाई रिहा गर्न सर्वोच्चको आदेश

कात्तिक २५, २०७९
राजीव गान्धी हत्याका ६ जना दोषीलाई रिहा गर्न सर्वोच्चको आदेश

भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्यामा संलग्न भई आजीवन कारावासको सजाय भोगिरहेका ६ जनालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

नलिनी श्रीहरन र आरपी रविचन्द्रनसहित ६ जनालाई रिहा गर्न सर्वोच्चले शुक्रवार आदेश दिएको हो । 

अदालतले गान्धीको हत्याका दोषी लामो समयदेखि कारागारमा रहेका तथा उनीहरूको असल आचरणलाई दृष्टिगत गरी थुनामुक्त गर्न आदेश दिएको जनाइएको छ । ‘नलिनी ३ दशकभन्दा बढी समयदेखि जेलमा छिन् उनको आचारण पनि सन्तोषजनक छ, उनीसँग कम्प्युटर एप्लिकेसनमा पोस्ट ग्राजुएट डिप्लोमा छ । रविचन्द्रनको पनि आचारण सन्तोषजनक रहेको पाइएको छ, उनले पनि कला संकायमा पोस्ट ग्राजुएट गरेका छन्,’ सर्वोच्च अदालतले भनेको छ । 

तमिलनाडु सरकारले पनि उनीहरूको आजीवन कारावासको सजाय माफ गर्दै रिहाइका लागि सिफारिस गरेको थियो । संविधानको धारा १६१ अन्तर्गत प्राप्त अधिकारको प्रयोग गर्दै उनीहरूको रिहाइका लागि राज्यपालसमक्ष सिफारिस गरिएको थियो । गान्धीको हत्यामा संलग्न १ जनालाई तमिलनाडु सरकारले गरेको सिफारिसका आधारमा रिहा गरिएपछि नलिनी लगायतले सर्वोच्च अदालतको ढोका ढक्ढक्याएका थिए । 

सन् १९९१ को मे महिनामा तमिलनाडु राज्यको श्रीपेरुम्बुदुरमा भएको चुनाबी र्‍यालीमा धनु भनेर चिनिने १ महिलाले आत्मघाती बम आक्रमण गरेर राजीव गान्धीको हत्या गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्