२५ जेठ २०८३, सोमबार

बाहुबली–२ चलेपछि सलमान र शाहरुखलाई ग्रहण ! अक्षयकुमारलाई के होला ?

कात्तिक २०, २०७४
बाहुबली–२ चलेपछि सलमान र शाहरुखलाई ग्रहण ! अक्षयकुमारलाई के होला ?

बाहुबली –२ रिलिज भएपछि बलिउडमा हिट फिल्म देखिएका छैनन् । यहाँसम्मकी सलमान र शाहरुख खानका फिल्महरुसमेत चल्न सकेनन् ।

सलमानको ट्युवलाइट र शाहरुखको जब हेरी मेट सेजल धारासायी बने । यसबीचमा प्रश्न उठेको छ, के अक्षय कुमारको फिल्म टायलेट एक प्रेम कथाले यो ग्रहणलाई तोड्न सक्ला ?

२८ अप्रिलमा रिलिज भएको बाहुबलीले बक्स अफिसमा शानदार सफलता पाएको थियो । उक्त फिल्मले अहिले सम्म १७ सय करोड कमाएको छ तर यो फिल्मपछि रिलिज भएका कुनै पनि फिल्मले राम्रो कमाइ गर्न सकेनन् ।

अप्रिलदेखि अहिलेसम्म साना ठूला गरेर ३० भारतीय फिल्म रिलिज भएका छन् । तर कुनै फिल्मको कमाइपनि उल्लेखनिय रहेन । अचम्म यो भएको छ की बाहुबलीको ग्रहण दुई सुपरस्टारमा पनि परेको छ ।

११ अगस्टमा अक्षय कुमारको टायलेट एक प्रेम कथा रिलिज हुन लागेको छ । फिल्म १८ करोड बजेटमा बनेको छ । अक्षय कुमारका कयौं फिल्म बक्स अफिसमा राम्रो प्रदर्शन गरेका छन् । र, उनको यो फिल्मले बाहुबली–२ ले भातरीय फिल्म उद्योगमा लागेको ग्रहण हटाउने आशा गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्