०१ साउन २०८३, शुक्रबार

‘महापुरुष’ आजदेखि तेस्रो हप्तामा, २ हप्तामा कति कमायो ?

कात्तिक २५, २०७९
‘महापुरुष’ आजदेखि तेस्रो हप्तामा, २ हप्तामा कति कमायो ?

कात्तिकको ११ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘महापुरुष’ले २ हप्तामा ७ करोड रुपैयाँ बढी ‘ग्रस’ कमाइ गरेको छ ।

शुक्रवारदेखि तेस्रो हप्तामा प्रवेश गरेको चलचित्रले बिहीवारसम्म १४ दिनमा उक्त कमाई गरेको हो । तेस्रो हप्तामा पनि चलचित्र हेर्न दर्शकहरूको उपस्थिति उत्साहजनक रहेको निर्माण टीमको दाबी छ ।

प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराईली, राजाराम पौडेल लगायतको अभिनय छ ।

नेपालसँगै अस्ट्रेलिया र अमेरिकामा समेत प्रदर्शनमा आएको चलचित्र शुक्रवारदेखि क्यानडामा समेत रिलिज भएको छ । प्रदर्शनको १५औं दिनमा पनि थुप्रै हलहरू हाउस फूल रहेको बताउँदै निर्माण टीमले दर्शकलाई धन्यवाद दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्