१० साउन २०८३, आइतबार

आर्मी प्रधानमन्त्री कप क्रिकेटको फाइलनमा

कात्तिक २५, २०७९
आर्मी प्रधानमन्त्री कप क्रिकेटको फाइलनमा

विभागीय टोली त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै प्रधानमन्त्री कप १ दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रवार भएको दोस्रो सेमिफाइनल खेलमा आर्मी नेपाल पुलिस क्लबलाई २ विकेटले हराउँदै फाइनलमा पुगेको हो ।

पुलिसले दिएको ३०५ रनको लक्ष्य आर्मीले ४९ दशमलव ५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

आर्मीको जीतमा रोहित पौडेलले ८९ रनको अर्धशतकीय इनिङ खेले भने हरि चौहानले ७५ रनको योगदान दिए । राजेश पुलामीले अविजित ४३ रन बनाए भने शाहब आलम १ रनमा अविजित रहे ।

कप्तान विनोद भण्डारीले ३२ रन जोड्दा विक्रम सोबले ३० तथा अर्जुन साउँदले ११ रन जोडे । भीम सार्कीले १० रन जोड्दा कुशल मल्ल शून्य रनमा आउट भए ।

पुलिसका करण केसी एक्लैले ६ विकेट लिए भने राशिद खान र ललित राजवंशीले समान १/१ विकेट लिए ।  

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३०४ रन बनाएको थियो । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ खेलेका थिए । दीपेन्द्रले सर्वाधिक १४० रन बनाए । आरिफ शेखले अविजित रहँदै ९१ रनको अर्धशतकीय इनिङ खेले । 

करण केसी ८ रनमा अविजित रहे भने कुशल भुर्तेल ३१, सुनिल धमला १३ र अमित श्रेष्ठ १० रनमा आउट भए ।

आर्मीका विक्रम सोबले ३ विकेट लिए भने सुशन भारीले १ विकेट लिए । अब उपाधि भिडन्तमा आर्मी र एपीएफ क्लब भिड्नेछन् । फाइनल खेल शनिवार हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् ।

salt training

कमेन्ट गर्नुहोस्