०९ साउन २०८३, शनिबार

चुनावपछि जसपा र राप्रपालाई लिएर एमालेले सरकार बनाउँछ : उपाध्यक्ष पौडेल

कात्तिक २६, २०७९
चुनावपछि जसपा र राप्रपालाई लिएर एमालेले सरकार बनाउँछ : उपाध्यक्ष पौडेल
फाइल तस्वीर

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मंसिर ४ गतेको चुनावपछि आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

चुनाव पछि जसपा र राप्रपालाई समावेश गरेर एमालेले सरकार बनाउने उनको भनाइ थियो । 

रुपन्देही क्षेत्र नम्बर २ अन्तर्गत बुटवलको देवीनगरमा शनिवार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उपाध्यक्ष पौडेलले चुनाव पछि एमालेको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन् ।

‘देशलाई अधोगतीमा जान नदिनको लागि देशमा फेरि एकपटक एमालेको नेतृत्वको सरकार जरुरी भइसकेको छ’, पौडेलले भने, ‘मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्छ, केपी ओलीले सरकारको नेतृत्व गर्नु हुन्छ ।’

पौडेलले विगतमा गरेको कामका आधारमा रुपन्देहीबाट एमालेले फराकिलो मतअन्तरले चुनाव जित्ने बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्