०५ साउन २०८३, मंगलबार

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने मेयर सा’पलाई २५ हजार रुपैयाँ जरिवाना

कात्तिक २६, २०७९
निर्वाचन आचारसंहिता उल्लंघन गर्ने मेयर सा’पलाई २५ हजार रुपैयाँ जरिवाना

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै बाराको पचरौता नगरपालिकाका नगर प्रमुख (मेयर) जलन्धरसिंह जैसवारलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । 

वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गरेको भन्दै नगर प्रमुख सिंहमाथि जरिवाना गरिएको हो ।

आयोगले नगरपालिकाको तलब भत्ता तथा प्रशासनिक खर्चबाहेक अन्य रकम निकासा नगर्न कोष तथा लेखा नियन्त्रण कार्यालयलाई लेखेर पठाएको छ । 

आयोगले काठमाडौंको १ नम्बर निर्वाचन क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार पुकार बमलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । उनले निर्वाचन प्रचारप्रसारका क्रममा आफ्नो नाम अंकित टीसर्टको प्रयोग गरेको आयोगले जनाएको छ । 

राजनीतिक गतिविधि तथा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि आयोगले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अधिकृत गोकुल वस्ती तथा नेकपा एमालेको चुनाव प्रचारप्रसारमा लागेकाले अछामको साँफेबगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलक कुँवरलाई ५/५ हजार रुपैयाँ जरिवाना गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्