
तुलसीपुर , २४ साउन– चर्चित हास्य कलाकार सिताराम कट्टेल धुर्मुसले आफुले निमार्ण गर्न लागेको एकिकृत नयाँ नेपाल परियोजना लाई सहयोग गर्न सम्पुर्ण नेपालीहरुमा अनुरोध गरेका छन् ।
दाङको तुलसीपुरमा रिपोटर्स क्लब नेपाल दाङ शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा धुर्मुसले ललितपुरको लेलेमा शुरु गर्न लागेको राष्ट्रिय गौरवको योजनालाई सफल पार्न सहयोग गर्न सवैमा आग्रह गरे ।
धुमुर्स सुन्तलि फाउन्डेसन नेपालले ललितपुरको लेलेमा करिव ५ अरबको लगानीमा नेपालका १ सय २५ जातिको सस्कृति तथा रहन सहनलाई संसारमै परिचित गराउने उदेश्यले शुरु गरेको आयोजना सफल भए आर्थिक रुपमा नेपालले ठुलै फडको मार्ने उनले बताए ।
धुर्मुसले करिव ३ करोड नेपालीले प्रति ब्यक्ति २ सय उठाए मात्रै ६ अरव संकलन हुने , त्यस्तै विदेशमा रहेका ४० लाख नेपालीले प्रति ब्यक्ति २ हजार मात्रै संकलन ८ अरव संकलन हुने भन्दै सवैको ईच्छा शक्ति भए आयोजना सहजै पुरा हुने बताए ।
देश चिनाउन आफुले दिनरात देशको लागी भारीबोकेर काम गरीरहेको बताएका धुर्मुुसले सवैलाई सकारात्मक सोचको विकास गर्नपनी आग्रह गरे ।