१६ असार २०८३, मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचारमा देखिए यी कलाकार कलाकार

कात्तिक २७, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचारमा देखिए यी कलाकार कलाकार

चुनावको मिति नजिकिँदै विभिन्न कलाकारहरु राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा खुलेका छन् । स्थानीय निर्वाचनपछि खुलेर आम निर्वाचनको प्रतिनिधिसभातर्फ भाग लिएको सो पार्टीको पक्षमा कलाकार खुलेका हुन् । 

सो पार्टीको पक्षमा कलाकारहरु वर्षा सिवाकोटी, निश्चल बस्नेत, निर्मल शर्मा , रवीन्द्र सिं बानियाँ, रवि कार्की ,प्रनिल तिमल्सिना, उषा उप्रेती लगायतका कलाकार खुलेका हुन् । 

यसैबीच अभिनेत्री सिवाकोटी शनिबार घण्टी लिएर काठमाडौं क्षेत्र नम्बर २ कि उम्मेदवार सोबिता गौतमको प्रचारमा देखिएकी छन् ।  गौतमलाई शुभकामना दिन उनी अभियानमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ । 
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभातर्फ १३१ स्थानमा उम्मेदवारी दिएको छ । प्रदेशसभातर्फ भने सो पार्टी सहभागी छैन ।

salt training

कमेन्ट गर्नुहोस्