१५ असार २०८३, सोमबार

प्रदेश १ को पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना

कात्तिक २७, २०७९
प्रदेश १ को पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार बिहान पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । 

यस्तै दिउँसो प्रदेश नम्बर १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी  प्रदेशको पहाडी  भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा  मौसम सामान्यतया सफा रहनेछ।  

यस्तै राति  कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्