०२ असार २०८३, मंगलबार

स्पाइन सर्जन नेपालको अध्यक्षमा डा बिजुक्छे

कात्तिक २७, २०७९
स्पाइन सर्जन नेपालको अध्यक्षमा डा बिजुक्छे

एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालको अध्यक्षमा डा विनोद बिजुक्छे निर्वाचित भएका छन् ।

गए राति सम्पन्न आठौँ महाधिवेशन तथा निर्वाचनले डा बिजुक्छेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । उनी यसअघि कार्यसमितिको उपाध्यक्ष थिए ।

एशोसिएशनको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा व्यापक पौडेल, महासचिवमा डा सुरज बज्राचार्य, उपमहासचिवमा डा ज्ञानेन्द्र शाह, कोषाध्यक्षमा डा राजेशकुमार चौधरी निर्वाचित भएका छन् । यस्तै चार सदस्यमा डा दीपक काउछा, डा सुशील श्रेष्ठ, डा अनुप पोखरेल र डा सुवासचन्द्र झा निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत डा गणेश गुरुङले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष डा बिजुक्छे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टरसमेत समेत छन् । नेपालमा स्पाइन सर्जरीको विकास गर्ने उद्देश्यका साथ सन् २०१२ मा स्थापना भएको उक्त एशोसिएशनमा हाल देशभरका ८१ स्पाइन डाक्टर सदस्य छन् ।

उक्त एशोसिएशनले स्पाइन सर्जरी उत्तीर्ण विद्यार्थीलाई तालिम प्रदान गर्ने,  विश्वका अन्य मुलुकका स्पाइन सर्जरीका सङ्घसंस्थासँगको सहकार्यमा नेपालका विभिन्न अस्पतालमा स्पाइन सर्जरीसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्