१६ असार २०८३, मंगलबार

जन्मदिन मनाउँदै शाहरुखका छोरा आर्यन, फिल्ममा आउलान् ?

कात्तिक २७, २०७९
जन्मदिन मनाउँदै शाहरुखका छोरा आर्यन, फिल्ममा आउलान् ?

आर्यन खानले अहिलेसम्म फिल्ममा पाइला टेकेका छैनन् तर उनको हैसियत कुनै स्टारभन्दा कम छैन । 

शाहरुख खानका छोरा भएकाले उनी बाल्यकालदेखि नै चर्चामा छन् ।

आर्यनले आज आफ्नो २५ औं जन्मदिन मनाइरहेका छन् ।

उनका फ्यानहरुले सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिइरहेका छन् ।

आर्यनको जन्म सन् १९९७ मा मुम्बईमा भएको थियो । 

आर्यनको पढाइ विदेशमा मात्रै भएको छ । 

उनकी बहिनी सुहाना छिट्टै फिल्ममा प्रवेश गर्न लागेपनि आर्यन भने अभिनय जगतबाट टाढा छन् ।

यद्यपि उनले युनिभर्सिटी अफ साउथ क्यालिफोर्नियाबाट फिल्म मेकिंगको कोर्स गरेका छन् ।

यस बाहेक उनले तेक्वान्दोमा ब्ल्याक बेल्ट समेत हासिल गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्