०३ साउन २०८३, आइतबार

चितवन घटनामा रवि लामिछानेले भने–हाम्रो चरित्र त्यो होइन, आक्रोशलाई सम्हाल्नु होला

कात्तिक २७, २०७९
चितवन घटनामा रवि लामिछानेले भने–हाम्रो चरित्र त्यो होइन, आक्रोशलाई सम्हाल्नु होला

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन घटनालाई लिएर आक्रोशित नहुन आफ्ना कार्यकर्ता र समर्थकलाई आग्रह गरेका छन् । कसैले गुण्डागर्दी गर्यो भनेर त्यसै गर्नु आफ्नो पार्टीको चरित्र नभएको बताउँदै लामिछानेले यसबारे कुनै पनि नकारात्मक टिकाटिप्पणी नगर्न र संयमित हुन आग्रह गरेका हुन् । 

‘आज जे भयो निन्दनीय कार्य भयो,  हामीलाई माया गर्ने समर्थक र उम्मेदवारहरु, सबैबाट प्रतिक्रिया आइरहेको छ’, लामिछानेले आइतबार राति फेसबुक लाइभमार्फत भने, ‘कृपया मेरो बिन्ती छ । कोही पनि आक्रोशित नभइदिनु होला । यो आक्रोशलाई सम्हाल्नु होला । कुनै पनि किसिमको प्रतिक्रिया नदिनु होला ।’

उनले मतदाता जसको पक्षमा हुन्छन् नतिजा पनि उसैको पक्षमा हुने भन्दै आफ्नो पार्टीले देशभरबाट जनताको मन जितेको दाबी गरे । ‘आम मतदाताको मत र मन नजितिकन कोही पनि निर्वाचित हुँदैन । सबैलाई धैर्य गर्न र कसैलाई पनि उत्तेजित नहुन अनुरोध गर्दछु’, उनले भने ।   

उनले प्रहरीकै अगाडि भएको भन्दै तोडफोडका आक्रमणकारीलाई राज्यबाटै संरक्षण दिने काम भएको पनि आरोप लगाए ।  उनले दोषीमाथि कडा कारबाहीको माग पनि गरेका छन् । 
चितवनमा आइतबार लामिछानेको चुनावी प्रचारप्रसारका क्रममा गाडीमा तोडफोड भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्