भारतको दिल्लीमा एक प्रेमीले आफ्नी प्रेमिकाको शरीर ३५ टुक्रा पारेर जंगलमा फ्याँकेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ ।
पाँच वर्षअघिको यो घटना अहिले आएर सार्वजनिक भएको हो ।
दिल्लीको छतरपुर इलाकामा एक महिलाको हत्यारा प्रेमीले हत्या गरी ३५ टुक्रा पारेको थियो । फ्रीजमा ती टुक्राहरू राखेर उसले एक एक गरी जंगलमा फ्याँकेको थियो । जंगली जनावरले ती टुक्रा खाएर प्रमाण मेटाइदिऊन् भन्ने उसको सोच थियो ।
प्रहरीका अनुसार, आफताब अमीन पूनावाल नामक पुरुषले मुम्बईको कल सेन्टरमा काम गर्ने महिला सहकर्मी श्रद्धा वाकरलाई बिहे गर्ने झूटो आश्वासन दिँदै शारीरिक सम्बन्ध कायम गरेको थियो । श्रद्धाले बिहेका लागि दबाब दिएपछि रिसको झोंकमा उसले हत्या गरेर लाशलाई टुक्राटुक्रा पारेको थियो ।
आफताब र श्रद्धा मुम्बईबाट भागेर दिल्ली आएका थिए । बिहे गर्नका लागि श्रद्धाले दबाब दिएपछि उनीहरूबीच झगडा हुने गर्थ्यो । एक दिन झगडा हुँदा श्रद्धा चिच्याउन थालिन् र आफताबले उसको मुख हातले थिचिदियो । सास फेर्न नसकी श्रद्धाको मृत्यु भयो ।
श्रद्धाका पिताले उनको बारेमा धेरै दिनसम्म खबर नपाएपछि प्रहरीलाई खबर गरे । प्रहरीको अनुसन्धानपछि खतरनाक रहस्य खुल्यो ।
गत मे महिनामा आफताबले श्रद्धाको हत्या गरेर लाशका टुक्रा जंगलमा फ्याँकेको थियो ।
प्रहरीले आफताबलाई पक्राउ गरी सोधपुछ गरिरहेको छ ।