२८ जेठ २०८३, बिहीबार

तोसिमा कार्कीको उम्मेदवारीबारे आयोगको भ्याकेट निवेदनमा सुनुवाइ सकियो, आजै निर्णय आउने

कात्तिक २८, २०७९
तोसिमा कार्कीको उम्मेदवारीबारे आयोगको भ्याकेट निवेदनमा सुनुवाइ सकियो, आजै निर्णय आउने

ललितपुर–३ की उम्मेदवार डा. तोमिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेशमा निर्वाचन आयोगले दर्ता गराएको भ्याकेट निवेदनको सुनुवाइ सकिएको छ ।

न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सोमबार भ्याकेट निवेदनबारे सुनुवाइ भएको हो । 

डा. कार्की लाभको पदमा रहेको कारण उनको उम्मेदवारी खारेज हुने निर्णय निर्वाचन आयोगले गरेको थियो । मेडिकल काउन्सिल सदस्य रहेकी कार्कीले लाभको पदमा रहेको निश्कर्ष निर्वाचन आयोगको थियो । 

त्यसविरूद्ध कार्कीले सर्वोच्चमा रिट दर्ता गरेकी थिइन् । सोही रिटको सुनुवाई गर्दै सर्वोच्चले आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । 

डा. कार्की ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार छिन् ।

salt training

कमेन्ट गर्नुहोस्