१० साउन २०८३, आइतबार

नेपालमा खिचिएको भारतीय फिल्म ‘उचाइ’ हेरेपछि दीपकराजले भने : आँखा त्यसै रसाएर आउँछ

कात्तिक २८, २०७९
नेपालमा खिचिएको भारतीय फिल्म ‘उचाइ’ हेरेपछि दीपकराजले भने : आँखा त्यसै रसाएर आउँछ

नेपालमा छायाङ्कन गरिएको बलिउड चलचित्र ‘उचाइ’ यतिबेला हलमा प्रदर्शन भइरहेको छ ।

नेपालमा ७० प्रतिशतभन्दा बढी दृश्य छायांकन गरिएको चलचित्र हेरेपछि अभिनेता दीपकराज गिरीले खुलेर प्रशंसा गरेका छन् ।

उनले ‘उचाइ’ हेरिरहँदा नेपाल र सगरमाथाका बारेमा बोलिएको मनछुने संवादहरुले आँखा रसाउने बताएका छन् । 

‘भारतबाट नेपालको बिषयमा बनाएको सम्भवत सबैभन्दा राम्रो चलचित्र । समय मिल्छ भने हामीले पनि हेरेर साथ दिऔं’, उनले फेसबुकमा लेखेका छन ।

सुरज आर बडजात्या निर्देशित २ घण्टा ५३ मिनेट लामो चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, ड्यानी डेन्जोङ्पा, परिणिती चोपडा लगायतका कलाकारको अभिनय छ ।

४ साथीको मित्रता र नेपाल भ्रमणको कथामा यो चलचित्रलाई निर्माण गरिएको छ । 

सगरमाथालाई शक्ति र उर्जाकोरूपमा चलचित्रमा प्रस्तुत गरिएको छ । चलचित्रमा नेपालका प्राविधिक, केही कलाकार र नेपालकै उपकरणहरुको प्रयोग गरिएको छ । नेपालमा समेत यतिबेला चलचित्रले राम्रो व्यापार गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्