३१ जेठ २०८३, आइतबार

सोविताको पक्षमा खुले यी अभिनेत्रीहरू

कात्तिक २८, २०७९
सोविताको पक्षमा खुले यी अभिनेत्रीहरू

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउँन एक हप्ता मात्र बाँकी छ ।

निर्वाचनको मिति नजिकिएसँगै कलाकारहरूलाई पनि चुनावी माहोलले छोएको छ ।

कतिपय कलाकारहरू आफै उम्मेद्वार बनेर घरदैलो अभियानमा व्यस्त छन भने कतिपय चाहिँ आफूलाई मनपर्ने उम्मेदवार र दललाई भोट माग्दै चुनावी अभियानमा जुटेका छन् । 

केही कलाकारहरु राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी सोविता गौतमको पक्षमा खुलेका छन् । कलाकारहरुले उनको पक्षमा मत मागेका हुन् । 

चर्चित अभिनेत्री वर्षा सिवाकोटी र चर्चित मोडलहरु उषा उप्रेती र रेश्मा घिमिरेले सोविताका लागि मत मागेका हुन् । उनीहरुले घण्टी चिन्हमा मतदान गर्न आग्रह गरेका छन् । निर्वाचन मिति नजिकिएसँगै उम्मेदवार गौतमले घरदैलो कार्यक्रमको रफ्तारलाई थप बढाएकी छिन ।

salt training

कमेन्ट गर्नुहोस्