२८ जेठ २०८३, बिहीबार

प्रदीप खड्कालाई भारतमा डेब्यु अभिनेताको अवार्ड

कात्तिक २८, २०७९
प्रदीप खड्कालाई भारतमा डेब्यु अभिनेताको अवार्ड

अभिनेता प्रदीप खड्काले भारतको डेब्यू अभिनेताको अवार्ड प्राप्त गरेका छन् । भारतको आग्रामा आइतबार बेलुका सम्पन्न ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा खड्काले डेब्यु अभिनेताको अवार्ड प्राप्त गरेका हुन् । 

गत महिना प्रदर्शनमा आएको चलचित्र ‘प्रेम गीत(३’को हिन्दी संस्करणबाट उनले फिचर चलचित्रतर्फ डेब्यू अभिनेताको अवार्ड पाएका हुन् । 

उक्त फेस्टिभलमा उत्कृष्ट चलचित्रको अवार्ड भने ब्रिजेन्दर काला स्टारर हिन्दी चलचित्र ‘मास्क’ले प्राप्त गरेको छ ।

अभिनेता प्रदीप यतिबेला भारतको आग्रामै छन् । फेस्टिभलमा अवार्ड पाएपछिको तस्वीर फेसबुकमा शेयर गर्दै प्रदीपले धन्यवाद दिएका छन् । नेपाल र भारतसहितका देशमा एकसाथ प्रदर्शनमा आएको ‘प्रेमगीत ३’ले झण्डै ३९ करोड कमाई गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्