२८ जेठ २०८३, बिहीबार

तस्करी रोक्न सशस्त्र प्रहरीको सक्रियता

कात्तिक २९, २०७९
तस्करी रोक्न सशस्त्र प्रहरीको सक्रियता
प्रतिकात्मक तस्वीर

निर्वाचनको बेला हुनसक्ने भन्सार छली तथा तस्करी रोक्न बाँकेमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ ।

अवैध रूपमा हुने भन्सार छली तथा तस्करी रोक्न सीमावर्ती ग्रामीण क्षेत्रमा गस्ती टोलीलाई सक्रियताका साथ परिचालन गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय ३० नम्बर गण बाँकेका प्रहरी उपरीक्षक जनक बस्नेतले जानकारी दिए ।

निर्वाचनको समयमा ग्रामीण क्षेत्रका भन्सार नाकाबाट हुनसक्ने भन्सार छली तथा तस्करी रोक्न खटिएको संयुक्त सुरक्षा टोलीले आइतवार राति बेतहनीमा अवैध रूपमा भित्रिएको ३५० बोरा गहुँसहित ट्रक नियन्त्रणमा लिइएको बताए ।

रातिको समयमा ग्रामीण बस्तीमा भेटिएको ट्रकलाई शंकाका आधारमा सोधपुछ गर्दा अवैध रूपमा भित्रिएको गहुँ फेला पारेपछि आइतवार राति नै गहुँसहित ट्रकलाई नेपालगञ्ज भन्सार कार्यालयमा आवश्यक कारबाहीको लागि बुझाइएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए । सुरक्षा गस्तीका क्रममा अन्य स–सानो परिमाणका अवैध रूपमा भित्रिएका खाद्य वस्तु तथा लत्ताकपडा समेत बरामद गरी सुरक्षा टोलीले भन्सार कार्यालयमा बुझाउने गरेको उनको भनाइ छ । 

अवैध गहुँसहित पक्राउ परेको ट्रकमा ४२० बोरा गहुँको बिल भए पनि भन्सार कार्यालयमा जाँच गर्दा ३५० बोरा मात्र गहुँ पाइएको नेपालगञ्ज भन्सार कार्यालय मुद्दा शाखाका प्रमुख पवन भट्टले जानकारी दिए । ‘गहुँ कहाँबाट ल्याएको भन्ने थाह हुनसकेको छैन, आज बयान हुँदैछ,’ भट्टले भने ।

salt training

कमेन्ट गर्नुहोस्