२६ साउन- उत्तर कोरियाले अमेरिकाको सैन्य अखडालाई निशाना बनाएर हमलाको योजना बनाइरहेको तथ्य बाहिर आएको छ ।

उत्तर कोरियाले अमेरिकाको गुआम सैन्य बेसमाथि आक्रमणका लागि योजना बनाइरहेको तथ्य प्रकाशमा आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि हमलाको चेतावनी दिएपछि उत्तर कोरियाका तर्फबाट पनि हमलाका लागि योजना बनिरहेको तथ्य विभिन्न संचारमाध्यमले प्रकाशमा ल्याएका छन्, राजधानीमा एजेन्सीलाई उदृत गर्दै समाचार छापिएको छ ।