२३ असार २०८३, मंगलबार

इन्डोनेसियामा बाइडन भर्‍याङमा लडखडाएपछि... (भिडियो)

कात्तिक ३०, २०७९
इन्डोनेसियामा बाइडन भर्‍याङमा लडखडाएपछि... (भिडियो)

इन्डोनेसियाको बालीमा आयोजित जी२० शिखर सम्मेलनमा अमेरिकाका राष्ट्रपति जो बाइडन भर्‍याङ चढ्दै गर्दा झण्डै लडेका छन् । 

उनलाई इन्डोनेसियाली समकक्षी जोको विडोडोले सम्हालेका थिए । 

दुई शीर्ष नेताहरू तमान हुतान राया जंगल पुगेको बेलामा बाइडन भर्‍याङमा लडखडाएका थिए । तर विडोडोले तत्कालै उनको हात समातेर सम्हालेको भिडियोमा देखिन्छ । 

बाइडन यसअघि पनि पटकपटक भर्‍याङमा लडखडाएका छन् । 

विडोडो र बाइडनले जी२० शिखर सम्मेलनको साइडलाइनमा बैठक गरी जी२० लाई अन्तर्राष्ट्रिय आर्थिक सहकार्यको अग्रणी फोरम बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्