×

NMB BANK
NIC ASIA

रूपन्देही-५

अब्बल जनप्रतिनिधिको विरासतमा चुनाव लड्दै वासुदेव घिमिरे, नमूना निर्वाचन क्षेत्र बनाउने एजेन्डा

कात्तिक ३०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

२०७४ मा रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा निर्वाचित भएर सफल कार्यकाल पूरा गरेका वासुदेव घिमिरे अहिले संघीय सांसदको उम्मेदवार छन् । नेकपा एमालेले उनलाई रूपन्देही क्षेत्र नम्बर–५ बाट उम्मेदवार बनाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

नगरप्रमुखको ५ वर्षे कार्यकालमा उनले तिलोत्तमा नगरपालिकालाई विकसित र व्यवस्थित नमूना स्थानीय तहकोरूपमा स्थापित गराएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

५ वर्षको अवधिमा गरेका कामको जगमा उभिएर उनले संघीय सांसदको चुनावी प्रचार गरिरहेका छन् ।  


Advertisment
Nabil box
Kumari

भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक रुपान्तरणका क्षेत्रमा घिमिरेले रचनात्मक काम गरेको भन्दै स्थानीयस्तरमा उनको प्रशंसा हुने गरेको छ ।

Vianet communication
Laxmi Bank

घिमिरे नगर प्रमुख हुँदा तिलोत्तमा नगरपालिका स्थानीय कानुन बनाउने पहिलो पालिका भएको थियो । काठमाडौंबाहिर पहिलो पटक लगानी सम्मेलन, मुलुककैं पहिलो पूर्ण सरसफाई उन्मुख पालिका, सेवा प्रवाहमा अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो पालिकाकोरूपमा घिमिरेले तिलोत्तमालाई स्थापित गराएका थिए ।

तिलोत्तमा नगरपालिकाले २०७७ र २०७८ सालमा मुलुककै उत्कृष्ट नगरपालिकाको पुरस्कार र सम्मान पाएको थियो । ०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र ०७८ मा प्रधानमन्त्री शेरबहादुर देउवाले तिलोत्तमा नगरपालिकालाई उत्कृष्ट नगरपालिकाको पुरस्कार हस्तान्तरण गरेका थिए ।

नगरपालिकालाई नमुना बनाउन दिलोज्यान दिएर काम गरेका घिमिरेले नगरप्रमुखकोरूपमा प्राप्त गरेको पारिश्रमिक भने व्यक्तिगत खर्चमा लगाएनन् । नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा पढ्ने बालबालिकालाई छात्रवृत्ति दिए ।  

असल, सक्षम र स्वच्छ छविको व्यक्ति जनप्रतिनिधि हुँदा विकास र समृद्धि सम्भव छ भन्ने उदाहरण बनेका घिमिरे आर्थिक र सामाजिकरुपमा पछाडि पारिएको वर्ग, समुदायको उत्थान आफ्नो प्राथमिकतामा पर्ने बताउँछन् । 

प्रतिनिधि सभाको चुनावी मैदानमा रहेका घिमिरेसँग सत्तारूढ गठबन्धनकातर्फबाट नेपाली काँग्रेसका नेता भरत शाह प्रतिस्पर्धामा छन् । 

तीन पटक संसदीय चुनावी जितेका शाहलाई यसपटक घिमिरेले रोक्न सक्छन् या सक्दैनन्, त्यो त मंसिर ४ को मतदानले निर्धारण गर्नेछ । बुद्धको जन्मस्थल लुम्बिनीसमेत पर्ने यो निर्वाचन क्षेत्र रूपन्देहीका अन्य निर्वाचन क्षेत्रको विकासभन्दा पछि परेको र विकासका कामलाई गति दिन आवश्यक रहेको घिमिरे बताउँछन् । 

सत्तारूढ गठबन्धनका उम्मेदवार शाहले चुनावी एजेण्डा बनाउँदै आएको कञ्चन बाँधको काम अहिलेसम्म सम्पन्न भएको छैन । 

‘यहाँका मतदाताले तीव्र विकास र परिवर्तन चाहेका छन् । त्यसकारण मतदाताले मेरो आवश्यकता महसुस गरेका छन्’, घिमिरे भन्छन्, ‘मैले चुनाव जित्दा रूपन्देही–५ लाई नमूना निर्वाचन क्षेत्र बनाउने सोच र योजना बनेका छन् ।’ 

यी हुन् घिमिरेका मुख्य चुनावी एजेण्डा 

घिमिरेले निर्वाचन क्षेत्रलाई नै बुद्धको जन्मथलो लुम्बिनीकोरूपमा विकास गर्नुपर्ने घिमिरे बताउँछन् । ‘लुम्बिनी विकास कोषले चर्चेको क्षेत्रमात्र होइन, समग्र क्षेत्रलाई नै केन्द्रमा राखेर विकास गर्ने योजना छ । अव्यवस्थित बसोबास, भूमिहिन दलित, सुकुम्बासीहरूको समस्याको समाधान गर्दै खेतीयोग्य जमिनमा भूमिगत सिञ्चाइको व्यवस्था गर्ने योजना छ’, घिमिरेले भने । 

कृषि तथा पशुपालनको व्यावसायीकरण, किसान कार्ड र कृषक अनुदानको व्यवस्था गर्ने, एक निर्वाचन क्षेत्र एक राष्ट्रिय उद्योगको अवधारणा कार्यान्वयन, पर्यटन विकासको पूर्वाधार बनाउने, विस्तृत सडक गुरूयोजना निर्माणगरी सबै सडकको स्तरोन्नती गर्ने चुनावी एजेण्डा घिमिरेले ल्याएका छन् । 

त्यसैगरी, अत्याधुनिक तथा सुविधा सम्पन्न १०० शैयाको अस्पताल बनाउने,् प्रत्येक गाउँपालिका र नगरपालिकामा सुविधा सम्पन्न बर्थिङ सेन्टरको स्थापना, सबै जातजाति, वर्ग, र समुदायलाई सबै क्षेत्रमा निस्पक्ष र समान अवसरको ग्यारेन्टी, युवाहरूलाई स्वरोजगारी बनाउँदै उद्यमशीलता विकासका लागि व्यवसायिक तथा सिपमुलक शिक्षा लगायतका एजेण्डा लिएर घिमिरे चुनावी मैदानमा छन् ।

यस्तो छ चुनावी अंक गणित  

रूपन्देहीको क्षेत्र नम्बर–५ नेकपा एमालेले जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग चुनावी तालमेल गरेको छ । काँग्रेससँग माओवादी, नेकपा (एस), राष्ट्रिय जनमोर्चाको चुनावी गठबन्धन छ । 

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा प्राप्त मतको आधारमा क्षेत्र नम्बर– ५ मा एमाले, जसपा र राप्रपाको प्यानल बलियो देखिन्छ । यहाँका ३२ वटा वडामा वडाध्यक्षलाई खसेको मतको आधारमा एमाले, जसपा र राप्रपा सत्तारूढ गठबन्धनभन्दा ६ हजारभन्दा बढी मतले अगाडि देखिन्छ । 

रूपन्देही–५ मा एमाले एक्लैको मत २७ हजार १४५ प्राप्त गर्दा काँग्रेसको २६, ८८८ मत रहेको छ । यस्तै, जसपाको ९ हजार ३३७, माओवादीको ४ हजार ६२५, लोसपाको ३ हजार ५५६, राप्रपाको २ हजार ८१३ र नेकपा (एस)का १ हजार १६३  मत आएको थियो भने जनमत पार्टीले ५ हजार ६५६ मत पाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x