२६ असार २०८३, शुक्रबार

विकासका लागि स्थिर सरकार आवश्यक छ : उपमहासचिव गुरुङ

कात्तिक ३०, २०७९
विकासका लागि स्थिर सरकार आवश्यक छ : उपमहासचिव गुरुङ
फाइल फोटो

नेकपा एमालेका केन्द्रीय उपमहासचिव तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक विकासका लागि एमालेको स्थिर सरकार आवश्यक रहेको बताएका छन् ।

बुधवार सुन्दरबजार नगरपालिका–८ बलिथुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेलाई बहुमतका साथ विजयी बनाए स्थिर सरकार हुने र मुलुकको विकास हुने दाबी गरे । 

आफू मुख्यमन्त्री छँदा थालनी गरेका र सम्पन्न हुन बाँकी विकासका काम पूरा गर्दै जिल्लामा विकासको लहर ल्याउने उनले प्रतिबद्धता व्यक्त गरे । लमजुङको विकास हेर्न र अनुभूति गर्न चाहने हो भने एमालेका उम्मेदवारलाई विजयी गराउन आवश्यक रहेको उनको भनाइ छ ।

‘विगतमा पनि जिल्लाको विकासमा लागेका थियौं, अब पनि लाग्नेछौं, यो हाम्रो प्रतिबद्धता भयो,’ उनले भने । 

लमजुङको प्रदेशसभा २ का उम्मेदवार तथा जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले आफू सधैं जिल्लाकै विकासका लागि राजनीति गर्दै आएकाले आफूले जितेमा सबै जनता र जिल्लाको विकास र सेवामा लाग्ने बताए ।

आफूसहित एमालेका सबै उम्मेदवारलाई जिताएर दलित, लोपोन्मुख समुदाय, युवा, महिला, जतजाति लगायत सबैले विकासको अनुभूति प्राप्त गर्न उनले आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्