०९ साउन २०८३, शनिबार
आम चुनाव-२०७९

कार्यकर्तालाई केपी ओलीको निर्देशन : मतपेटिका हरक्षण आँखै अगाडि हुनुपर्छ, धाँधली हुन नदिनू

कात्तिक ३०, २०७९
कार्यकर्तालाई केपी ओलीको निर्देशन : मतपेटिका हरक्षण आँखै अगाडि हुनुपर्छ, धाँधली हुन नदिनू

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ मा हुने चुनावमा धाँधली हुन नदिन कार्यकर्तालाई निर्देशन दिएका छन् । 

सुनसरी क्षेत्र नम्बर–३ मा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले मतदान शुरू भएपछि मतगणना नहुँदासम्म मत पेटिका आँखा अगाडि नै हुनुपर्ने बताए ।

‘चुनावमा धाँधली गर्न नदिनुहोस् यो मेरो आदेश हो । मत पेटिका हरेक क्षण आँखा अगाडि हुुनुपर्छ । मत पेटिका र मत जोगाउन जे जे गर्नुपर्छ त्यो गुर्नुहोस्’, ओलीले भने । 

सुनसरीबाट विजय गच्छदारले सधै धाँधली गरेर चुनाव जित्ने गरेको आरोप ओलीले लगाए । ‘विजय गच्छादारलाई भोट दिएर पठाउनुभयो भने उनको सपथ ग्रहण नै हुँदैन । मुद्दा लागेका व्यक्ति संसद भित्र पस्नै पाउँदैनन्’, ओलीले भने, ‘भगवती चौधरीलाई मत दिएर जिताएर पठाउनुहोस् । यो क्षेत्रको विकासको जिम्मा म लिन्छु ।’

मतपेटिका राखेको ठाउँमा झ्यालमा भर्‍याङ लगाउने, मत पेटिका साट्ने अवस्था आउन नदिन ओलीले कार्यकर्तालाई निर्देशन दिएका छन् । 

सत्तारूढ गठबन्धनको तर्फबाट उम्मेदवार रहेका विजय गच्छदार र एमालेको उम्मेदवार भगवती चौधरी सुनसरी क्षेत्र नम्बर–३ मा चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । 

चुनावपछि एमालेको नेतृत्वमा सरकार बन्ने सरकारले नागरिकताको समस्यामा एक महिनामा समाधान गर्ने ओलीले बताए । 

अहिले गठबन्धन सरकारले विदेशीलाई नागरिकता दिन खोजेकोले उनीहरूसँग एमालेले लडाईं लडिरहेको पनि ओलीले बताए । 

जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने कानून ल्याउने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्