
संसारभरि कोरोना सम्बन्धी लकडाउन हटाइएको भए पनि चीनमा जिरो कोभिड नीतिअन्तर्गत कठोर बन्दाबन्दी कायम छ ।
दक्षिणी शहर क्वाङ्चाउमा कठोर लकडाउन सहन नसकेर मानिसहरूले विरोध गरेका छन् । घरमा कैद रहनका लागि बनाइएको ब्यारियर उनीहरूले तोडेका छन् । उनीहरू सडकमा निस्केर कोरोना नियमको विरोध पनि गरिरहेका छन् ।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
साँझपख उनीहरूले विद्रोह गरेको देखिन्छ ।
यो विरोध प्रदर्शनमा कतिजना संलग्न थिए र कतिबेरसम्म चलेको थियो भन्ने स्पष्ट हुन सकेको छैन ।
चीनमा यसरी चीनले सरकारको नीतिविरुद्ध प्रदर्शन गर्नु आश्चर्यको कुरा हो ।
क्वाङ्चाउमा मंगलवार कोरोनाका ५१ सयवटा केस देखिएका छन् ।
NEW - People in China's Guangzhou city tear down COVID barricades.pic.twitter.com/M28Rw63APC
— Disclose.tv (@disclosetv) November 14, 2022