२३ असार २०८३, मंगलबार

खानी इन्जिनियरको बायोपिकमा अक्षय कुमार

कात्तिक ३०, २०७९
खानी इन्जिनियरको बायोपिकमा अक्षय कुमार

बलिउड अभिनेता अक्षय कुमारले भारतका खानी इन्जिनियर जसवंत सिंह गिलको वास्तविक जीवनमा आधारित फिल्ममा मुख्य भूमिका निभाउने भएका छन् ।  

पूजा इन्टरटेनमेन्ट र अक्षय कुमारल‍े सिंहको साहसी भूमिकालाई दर्शकमाझ ल्याउन लागेका हुन् ।  

इन्जिनियर सिंहले धेरै कठिन परिस्थितिमा १९८९ मा कोइला खानीमा फसेकाहरूलाई बचाएका थिए । यो भारतको पहिलो कोइला खानी  उद्दार समेत भएको बताइएको छ ।

 फिल्मलाई टिनु सुरेश देसाईले निर्देशन गर्नेछन् जसले यसअघि अक्षय कुमारसँग राष्ट्रिय पुरस्कार विजेता फिल्म रुस्तममा काम गरेका थिए।
 

salt training

कमेन्ट गर्नुहोस्