१२ साउन २०८३, मंगलबार

ओमान : इजरायली अर्बपतिको तेल ट्यांकरमा ड्रोन आक्रमण, इरानसँगको तनाव थप चर्किन सक्ने

कात्तिक ३०, २०७९
ओमान : इजरायली अर्बपतिको तेल ट्यांकरमा ड्रोन आक्रमण, इरानसँगको तनाव थप चर्किन सक्ने

इजयरायलका एक अर्बपतिको तेल ट्यांकरमाथि ओमानको तटमा बम बोकेको एक ड्रोनबाट आक्रमण गरिएपछि इरान र इजरायलबीचको तनाव थप चर्किने संकेत पाइएको छ । 

मंगलवार राति उक्त घटना भएको हो ।

लाइबेरियाको झण्डा भएको तेल ट्यांकर पसिफिक जिर्कोनमाथि आक्रमण भएको हो । उक्त ट्यांकरलाई सिंगापुरमा रहेको ईस्टर्न पसिफिक शिपिङले सञ्चालन गर्छ र त्यस कम्पनीका मालिक इजरायली अर्बपति इदान ओफर हुन् । 

ईस्टर्न पसिफिक शिपिङले ग्यास र तेल बोकेको ट्यांकरलाई एक प्रोजेक्टाइलले हानेको जनाएको छ । 

घटनामा हताहतीको कुनै विवरण आएको छैन । यसअघि इजरायलीहरूसँग जोडिएका जहाजमा भएका आक्रमणको दोष इरानमाथि लगाउने गरिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्