![डडेलधुराका मतदातासँग प्रधानमन्त्री देउवा [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/deuwa1_QMW4nsR9ry.jpeg)
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेलधुराको भागेश्वर बोगटामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन् ।
सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभामा उनले सम्बोधन गरेका हुन् ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।
प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री देउवासहित आठ उम्मेदवार चुनावी मैदानमा छन् । उनी २०४८ साल यताका हरेक निर्वाचनमा विजयी हुँदै आएका छन् ।

डडेल्धुराको भागेश्वर बोगटामा आयोजित चुनावी सभा pic.twitter.com/pJqW0a7a9d
— Sher Bahadur Deuba (@SherBDeuba) November 16, 2022