०८ साउन २०८३, शुक्रबार
आम चुनाव-२०७९

सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज, बहुविवाहसम्बन्धी कसुर आकर्षित

कात्तिक ३०, २०७९
सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज, बहुविवाहसम्बन्धी कसुर आकर्षित

सुनसरी–४ (२) बाट प्रदेशसभा सदस्य उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज भएको छ । 

निर्वाचन आयोगले मेहताको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो । 

उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट प्रदेश सभा सदस्यको उम्मेदवार थिए । 

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले निजको उम्मेदवारी अयोग्य ठहर भएको निर्वाचन आयोगले बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्