२८ जेठ २०८३, बिहीबार

नेपालले युएईलाई ३ विकेटले पराजित गर्दा श्रृङ्खला १–१ को बराबरी

कात्तिक ३०, २०७९
नेपालले युएईलाई ३ विकेटले पराजित गर्दा श्रृङ्खला १–१ को बराबरी

एक दिवशीय अन्तर्राष्ट्रिय श्रृङ्खलाकाअन्तर्गत दोस्रो खेलमा नेपालले युएईलाई ३ विकेटले जितेको छ ।  

यो जितसँगै नेपालले तीन खेलको श्रृङ्खला १–१ को बराबरी गरेको छ । शुक्रबार हुने निर्णायक खेलबाट श्रृङ्खलाको विजेता टुंगो लाग्ने छ ।  

सोमबार भएको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो ।

त्रिवि मैदान कीर्तिपुरमा युएईले दिएको १९२ रनको लक्ष्य भेटाउन नेपालले ७ विकेट गुमाएको थियो ।

त्यसपछि कुशल भुर्तेल, गुल्सन झा र आरिफ शेखले संहालिएर ब्याटिङ  गर्दा नेपालले जित निकाल्न सकेको हो  । 

नेपालले सुरुवाती तीन विकेट भने सस्तैमा गुमाएको थियो ।

पहिलो खेलमा अर्धशतक बनाएका अर्जुन साउद पहिलो ओभरमै रनको खाता नखोली आउट भएका थिए । अर्का ओपनर आसिफ शेखले पनि ६ रनमात्रै बनाउन सके ।

salt training

कमेन्ट गर्नुहोस्