२७ जेठ २०८३, बुधबार

बेरोजगार युवाका लागि जागिर खोज्न मेला नै आयोजना हुने

कात्तिक २०, २०७४
बेरोजगार युवाका लागि जागिर खोज्न मेला नै आयोजना हुने

काठमाडौँ, २६ साउन– बेरोजगार युवालाई रोजगारको अवसर जुटाउने उद्देश्यले ‘जव् एण्ड करिअर फेयर’ (जागिर र अवसर मेला) हुँदैछ ।

यही शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने मेलामा रोजगारदाता र बेरोजगार युवाबीच सिधै सम्पर्क गराई जागिरको अवसर दिलाउनका लागि फेयर आयोजना गर्न लागेको बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा फेयरका कार्यक्रम संयोजक शंकर भट्टराईले जानकारी दिए ।

उनले एउटै छानामुनि जागिरको अवसर जुटाउनका लागि फेयर गर्न थालेको बताए । ‘बेरोजगार युवा रोजगारीका लागि कतै भौँतारिन नपरोस् भन्नका लागि हामीले एउटै छानामुनि कम्पनीलाई आवश्यक कर्मचारी उपलब्ध गराउने भएका हौँ,’ उनले भने, ‘फेयरमा युवाले कम्पनीमा रोजगारका लागि निवेदन दिन्छन् र कम्पनीले योग्यलाई छनोट गरेर जागिर दिन्छन् ।’

प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा हुने फेयरमा नेपालका १८ र भारतका दुई कम्पनीले सिधै रोजगारको अवसर दिनेछन् । ती कम्पनीले आफूलाई आवश्यक जनशक्ति फेयरबाट नै छनोट गर्ने भट्टराईले बताए ।

उनका अनुसार नेपालका सिप्रदी, क्लासिटेक, विरला टायर, सुविसु, डिसहोमलगायत र भारतका रिलायन्स, जिओ मोबाइल कम्पनी र रिलायन्स होटल सहभागी हुनेछन् ।

फेयरमा युवाले आफ्नो व्यक्तिगत विवरण ती कम्पनीलाई बुझाउनेछन् र ती कम्पनीले मेलाबाटै अन्तर्वार्ता लिएर योग्य कर्मचारी छान्नेछन् । अधिकारी क्रियटिभ कन्सर्नको आयोजनामा फेयरमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्