३२ असार २०८३, बिहीबार

पोल्यान्डमाथि सुनियोजित आक्रमणको कुनै आभास देखिँदैन : नेटो प्रमुख

कात्तिक ३०, २०७९
पोल्यान्डमाथि सुनियोजित आक्रमणको कुनै आभास देखिँदैन : नेटो प्रमुख

नेटोका महासचिव जेन्स स्टोलटेनबर्गले पोल्याण्डमा भएको घातक विस्फोट युक्रेनी विमानभेदी प्रतिरोधको परिणाम भएको बताएका छन् ।

उनले युक्रेन युद्धको कारण घट्ने कुनै पनि दुर्घटनाको अन्तिम जिम्मेवारी रूसको हुनुपर्ने दाबी गर्दै पोल्याण्डको सीमा क्षेत्रमा भएको विस्फोटमा पोल्याण्डविरोधी आक्रमणको कुनै आभास नभेटिएको बताए ।

नेटोका राजदूतहरूको बैठकको अध्यक्षतापछि स्टोलटेनबर्गले भने, ‘यस घटनाको अनुसन्धान जारी छ, र हामीले यसको परिणामको प्रतीक्षा गर्न आवश्यक छ तर हामीसँग यो जानाजानी गरिएको आक्रमणको परिणाम थियो भन्ने कुनै संकेत छैन ।’

‘हाम्रो प्रारम्भिक विश्लेषणले युक्रेनी हवाई प्रतिरक्षा क्षेप्यास्त्रले युक्रेनी भूमिको रक्षाका लागि रूसी क्रुज क्षेप्यास्त्र आक्रमणबाट बच्नका लागि प्रहार गरेको हुन सक्ने देखाएको छ,’ नेटोद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्