०३ साउन २०८३, आइतबार

काठमाडौं–५ मा एमालेसहितका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

कात्तिक ३०, २०७९
काठमाडौं–५ मा एमालेसहितका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

मंसिर ४ को निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा काठमाडौं क्षेत्र नं ५ मा एमालेसहित विभिन्न पार्टीका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  बुधवार टोखा नगरपालिकाका विभिन्न वडाबाट एमालेसहित अन्य राजनीतिक दलबाट ५० भन्दा बढी नेता कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका हुन् । 

बुधवार नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधि सभा उम्मेदवार प्रदीप पौडेल र प्रदेश ख का उम्मेदवार श्याम बहादुर खड्काले उनीहरुलाई स्वागत गरेका हुन् । 

निर्वाचनका बेला नयाँ पार्टीमा आइ नयाँ पुस्ताका उम्मेदवारलाई मत हाल्न पाउँदा खुसी लागेको उनीहरुले बताएका छन् ।  त्यसैगरी नेता पौडेलले कांग्रेसमा आएका उनीहरुलाई स्वागत गर्दै आगामी दिनमा सबैको  मन जितेर काम गर्ने विश्वास व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्