३० जेठ २०८३, शनिबार

मादकपदार्थ बिक्री वितरण तथा सेवन नगर्न निर्देशन

कात्तिक ३०, २०७९
मादकपदार्थ बिक्री वितरण तथा सेवन नगर्न निर्देशन

निर्वाचन आयोगले मतदानको मितिभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण र सेवन निषेध गराउन निर्देशन दिने निर्णय गरेको छ ।
      
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गर्न निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
     
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०७९ को दफा २५ मा निर्वाचन अधिकृत तथा मतदान अधिकृतलाई मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नका लागि मतदानको ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण र सेवन निषेध गराउन निर्देशन दिइएको आयोगले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्