×

NMB BANK
NIC ASIA

पटक पटक बिग्रिरहन्छ विद्युतीय शवदाह गृह

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं २६ साउन– पशुपति आर्यघाटमा रहेको नेपालको एक मात्र विद्युतीय शवदाह गृह एकमहिना पछि पुनः संचालनमा अाएको छ । मेसिन बिग्रेका कारण असार २० गते देखि बन्द रहेको शवदाह गृह करिव एक महिनापछि मंगलवारबाट संचालनमा आएको पशुपति विकास क्षेत्र कोषले जनाएको छ ।

नेपालमा पहिलो पटक बनाइएको विद्युतीय शवदाह गृहमा प्राविधिक समस्या हुँदा पुनः मर्मत गरिएकाले एक महिना बन्द गर्नुपरेको कोर्षका कार्याकारी निर्देशक रमेश कुमार उप्रेतीले लोकान्तरलाई बताए ।

‘विद्युतीय मेसिनबाट संचालन हुने भएकोले केही प्राविधिक समस्या आएकाले केहि समय बन्द भएको थियो । हिजोबाट सुचारु भईसकेको छ’ उप्रेतीले भने । पुनः सञ्चालनमा आएकै दिन मंगलवार ६ वटा शब दाह गरिएको उनले बताए ।

पशुपति आर्याघाटमा अहिले दुईवटा विद्युतीय शवदाह गृह रहेकोमा १५–१५ दिनमा परिवर्तन गरेर एउटामात्र संचालन हुने गरेको छ । २०७२ माघ १० गतेबाट संचालनमा आएको विद्युतीय शवदाह गृहमा अहिलेसम्म पाँच हजार ७ सयभन्दा बढी शब जलाइएको छ । ‘पाँच हजार भन्दा बढीको शव दाह सम्पन्न भएको छ, अहिले दाउरा भन्दा विद्युतीयबाट गराउन चाहानेको संख्या बढी छ’ उप्रेतीले भने ।

विद्युतीय मेसिनबाट शब जलाउँदा वातावरणमा वायु प्रदुषण कम हुने, समयको बचत हुने र आर्थिक स्थिति कमजोर हुनेहरुलाई पनि सहज हुने कोषका निर्देशक उप्रेतीले बताए ।

‘यसलाई अभियानको रुपमा देशभर संचालन गर्न सक्यौं भने धेरै सहज हुन्छ । शवदाहगृह नेपालको अन्य ठाउँमा पनि संचालन हुनुपर्छ,’ उप्रेतीले लोकान्तसँग भने ।

आर्यघाटमा भेटिएका सर्वसाधारणहरुपनि विद्युतीय शवदाह गृहबाट शवको अन्त्येष्टि गर्न सहज हुने बताउँछन् । विरामी भएर कपिलवस्तुबाट वीर अस्पतालमा ल्याइएको आफन्तको मृत्यु भएपछि विद्युतीय शवदाहगृहबाट शवको अन्त्येष्टि गर्न लागेको मृतकका आफन्त भुपेन्द्र अर्यालले बताए ।

दाउराबाट चारघण्टा लाग्ने तर विद्युतीय मेसिनबाट एक घण्टामा सकिने भएकोले धेरैले विद्युतीय मेसिन रोज्ने गरेका छन् । मलामी आएका युवराज पराजुलीले पनि शव अन्त्यष्टि गर्न विद्युतिय मेसिन प्रभावकारी हुने बताए । ‘आखिर प्रकृया एउटै हो । दाउरामा जलाउनु भन्दा विद्युतीय गर्दा सजिलो र सस्तो पनि छ’ उनले भने ।

बर्सातको समय तथा हावाहुरी र पानी परेको समयमा पनि विद्युतीय मेसिनबाट शव जलाउन चाहानेको संख्या बृद्धि भएको छ । पशुपति आर्यघाटमा दैनिक १२ देखि ४० जना सम्मको दाहसंस्कार हुने गरेको कोषका अधिकारी बताउँछन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x