×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

कपिलवस्तु- १ को चुनावी हिसाबकिताब– ‘बलदेव’ र बलरामको कडा टक्कर !

मंसिर १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कपिलवस्तु–१ बाट यसअघि निर्वाचित माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल ‘बलदेव’ सोही क्षेत्रबाट निर्वाचित हुने ‘मिसन’सहित चुनावी मैदानमा उत्रिएका छन् । 

Muktinath Bank

संसदीय राजनीतिका खेलाडी खनालका प्रतिस्पर्धी छन्, एमालेका जिल्ला इञ्चार्ज बलराम अधिकारी ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि ‘बलदेव’का चुनावी ‘कमान्डर’ रहेका अधिकारी त्यतिबेला साथ दिएका उम्मेदवारलाई पराजित गरेर सांसद बन्ने ध्याउन्नमा छन् । 


Advertisment
Nabil box
Kumari

एमालेको दह्रो बल हुँदा खनालले कांग्रेसका प्रभावशाली नेता दीपकुमार उपाध्यायलाई यसअघि झिनो मतले पराजित गरेका थिए ।

Vianet communication
Laxmi Bank

अधिकारी पनि जिल्लामा परिचित नेता हुन् । अधिकारीले २०७० को संविधानसभा निर्वाचनमा उपाध्यायलाई पराजित गरेका थिए ।

कमजोर जनआधार रहेका ‘बलदेव’ले कांग्रेस पूर्ण साथ आफूलाई रहेमा पछाडि फर्केर हेर्न नपर्ने आफूनिकट नेताहरूसँग बताउने गरेका छन् ।

तर, निर्वाचन जितेर कृषिमन्त्री भए पनि जिल्लामा किसान लागि कुनै काम गर्न नसकेको भन्दै यो क्षेत्रका बासिन्दा खनालसँग रुष्ट छन्, जसको फाइदा अधिकारीले लिन सक्ने देखिन्छ ।

कांग्रेसका जिल्लाका एक कार्यकर्ताले भने, ‘यसअघि खनालले जिल्ला बनाउँछु भनेर चुनाव जितेर गए । मन्त्री बने तर, आफ्नो क्षेत्रमा समेत केही गर्न सकेनन् ।’ 

जिल्लास्तरीय ती नेताले थपे, ‘चुनाव जितेपछि जिल्लामा तीन वर्ष फर्किनुभएन । मन्त्री भएपछि १/२ पटक मात्र आउनुभयो । कृषिमन्त्री हुँदा किसानका बिउ, मलखाद र अनेक समस्याबारे कुनै सुनुवाइ नगर्ने नेतालाई गठबन्धनको बलमा चुनाव जित्छु भन्नु फलामको चिउरा चपाउनु बराबर छ ।’ 

यो क्षेत्रलाई सत्तारूढ गठबन्धनले चासोको रूपमा हेरेको छ । तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा एउटा क्षेत्रमा आफूले टिकट पाउने आशा उपाध्यायले गरेका थिए ।

तर, गठबन्धनको नाममा प्रभावशाली नेता उपाध्यायलाई ‘बन्धक’ बनाइएको भन्दै उनीपक्षीय नेताहरू खनालको विपक्षमा देखिएका छन् । टिकट नपाएपछि कांग्रेसबाट विद्रोह गरेर ललित गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

कांग्रेसको एउटा तप्काले भित्री रूपमा गुरुङलाई सहयोग गरिरहेको चर्चा छ ।

नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा निर्वाचन परिचालन कमिटीका सह-संयोजक हुमनाथ पौडेलले गठबन्धनप्रति माहोल धेरै राम्रो रहेको दाबी गरे ।

‘ललितजीको पनि उम्मेदवारी निष्क्रिय बनाउने प्रयास जारी छ,’ पौडेल भन्छन्, ‘गर्नसक्ने क्षमता भएको नेतालाई जिताउनुपर्छ भन्ने यहाँका मतदाताको मनोविज्ञान छ । उहाँ (चक्रपाणि) मन्त्री हुँदा दक्षिण ‘बेल्ट’तर्फ धेरै कामहरू भएका छन् । गठबन्धन धेरै मतले जीत निकाल्नेमा हामी विश्वस्त छौं ।’

जिल्लाका उम्मेदवारमध्ये सबैभन्दा ‘हाइ प्रोफाइल’ नेता हुन्, खनाल । माओवादी जनयुद्धमा माओवादी सेनाको डेपुटी कमान्डर रहेका खनाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार थिए । 

अर्घाखाँची जन्मथलो भएका खनालले कपिलवस्तुलाई आफ्नो राजनीतिक थलो बनाउँदै आएका छन् । अधिकांश समय काठमाडौंमा रहेर राजनीति गर्ने खनाललाई चुनावको बेलामा मात्र जिल्लामा आउने गरेको आरोप लाग्ने गरेको छ ।

यता एमालेका अधिकारी पुराना कार्यकर्तासँग सम्बन्ध जोगाइराख्ने नेतामा पर्छन् । अधिकारीलाई पनि जनताको बीचमा घुलमिल भए पनि विकासमा खासै योगदान नगरेको भनेर आरोप लाग्ने गरेको छ ।

गत निर्वाचनमा खनालले २९ हजार ७९९ मत ल्याउँदा प्रतिस्पर्धी कांग्रेसका उपाध्यायले २८ हजार ८५३ मत पाएका थिए ।

३० वैशाख २०७९ मा सम्पन्न स्थानीय चुनावको दलगत मत हेर्दा यो क्षेत्रमा कांग्रेस २८ हजार २७१ मतसहित पहिलो बन्यो ।

त्यस्तै एमालेको २६ हजार ८२३, जनता समाजवादी पार्टी (जसपा)को १३ हजार ५१०, माओवादीको ९ हजार ९३८, नेकपा एकीकृत समाजवादीको ३ हजार ७२२, लोसपाको ३ हजार ४२४ र राप्रपाको २ हजार ४८० मत छ ।

यसरी विश्लेषण गर्दा सत्तारूढ गठबन्धनको ४४ हजार ७६५ हुन्छ भने, एमालेले गरेको तालमेलमा ४२ हजार ८१३ मत छ । 

एमालेका प्रदेशसभा सदस्य उम्मेदवार विष्णु पन्थीले एजेण्डाविहीन गठबन्धनलाई पराजित गरेर एमाले–जसपाले चुनाव जित्ने दाबी गरे ।

‘गठबन्धन सरकारले संघीयताप्रति वितृष्णा ल्याउने काम गरेको छ  । विकास बजेट कटौती गर्दा योजना अलपत्र परेका छन् । अब एमालेको सरकार जनताले चाहेका छन्,’ पन्थीले भने । आर्थिक सुशासन र विकासका लागि एमालेको जीत अपरिहार्य रहेको पन्थीको भनाइ थियो । 

एमालेले प्रदेशसभातर्फ १ (१) मा विष्णु पन्थी र १ (२) मा मधुसूदन शरण चौधरीलाई उम्मेदवार बनाएको छ । गठबन्धनतर्फ कांग्रेसबाट १ (१) मा डोलकराम घिमिरे र १ (२) मा सहस्रराम यादव उम्मेदवार छन् । 

जसपाबाट मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुगेका सहस्रराम यादव एकाएक पार्टी परिवर्तन गरी कांग्रेसबाट उम्मेदवार बनेका थिए । यसअघि यही क्षेत्रबाट निर्वाचित यादव लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री पनि हुन् । 

यादवको दक्षिणतर्फ प्रभाव रहेको बताइन्छ । जातीय हिसाबले यो क्षेत्रमा दक्षिणी एरिया मधेशी समुदायको बाहुल्य रहेको क्षेत्र हो । पछिल्लो समय राजनीतिक दलले पनि मधेशी नेतालाई नै उम्मेदवार बनाउने गरेका छन् । 

दलहरूमा सैद्धान्तिक विचलन आएसँगै कार्यकर्तामा पनि आफ्नो समुदायको मान्छे भन्न थालेको देखिन्छ, जसले गर्दा दलहरूले पनि दक्षिणी क्षेत्रमा तराई/मधेश समुदायकै उम्मेदवार बनाउने गरेका छन् । 

कपिलवस्तु– १ मा कूल मतदाता १ लाख ४१ हजार १३ छन् । कपिलवस्तु क्षेत्र नम्बर १ मा वाणगंगा नगरपालिका, मायादेवी र शुद्धोधन गाउँपालिकाका तथा कपिलवस्तु नगरपालिकाको वडा नम्बर ७, ८, ९, १० र ११ पर्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x