०५ साउन २०८३, मंगलबार

रविको घोषणा – जीवनभर म उपचार गर्न सरकारी अस्पतालबाहेक कही जान्न

रविको घोषणा – जीवनभर म उपचार गर्न सरकारी अस्पतालबाहेक कही जान्न
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू उपचार गर्न जीवनभर सरकारी अस्पतालबाहेक अन्यत्र नजाने घोषणा गरेका छन् ।

बिहीवार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले जनताले उपचार गर्ने सरकारी अस्पतालमै आफूले उपचार गर्ने बताए ।

‘सरकारी अस्पतालमा तपाईं उपचार गर्न जाँदा कुन हालत भोग्नुपर्छ ? म आफ्नै मेहनतले देशका कुनै पनि अस्पतालमा एसी रुममा गर्न सक्छु । तपाईंको उपचार जहाँ हुन्छ, मेरो उपचार त्यही हुन्छ । म उपचार गर्न सरकारी अस्पतालबाहेक कही जान्न,’ उनले भने, ‘जनतालाई मारेर बाँच्ने नेताको युग सकियो । सबैका लागि स्वास्थ्य, सबैका लागि शिक्षा हुनुपर्छ ।’

उनले जीवनभर नेपालमै बनेका लुगा लगाउने पनि बताए । उनले चितवनले देशलाई न्याय गर्ने बताएका छन् ।

आफूलाई मुद्दा लाग्दा चितवनले व्यक्तिलाई न्याय दिएको र अब चुनावमा जिताएर न्याय गर्ने बताए । उनले देशमा भएका बेथिति समाधान गर्न राजनीतिक चक्रब्यूहमा प्रवेश गरेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्