×

NIC ASIA

रोल्पामा जाँड छानेर होइन, संघर्षबाट आएकी हुँ : ओनसरी घर्ती

मंसिर १, २०७९

Prabhu Bank
NTC
Premier Steels

पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले रोल्पामा जाँड छानेर आएको भन्दै गरिएको टिप्पणीप्रति दुःख व्यक्त गरेकी छन् । 

Muktinath Bank

सत्ता गठबन्धनले बिहीवार काठमाडौंको कोटेश्वरमा गरेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू जाँड छानेर नभई संघर्षबाट आएको र मुलुकको प्रमुख मध्येको एक सभामुख पद नैतिकता बचाएर इमान्दारितापूर्वक चलाएको बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हिजो पनि म जनतासँगै थिएँ, आज पनि सँगै छु र भोलि पनि सँगै हुने वाचा गर्दछु । म विगतमा व्यवस्था परिवर्तनका लागि संघर्षको भट्टिबाट खारिएर अघि बढेको रोल्पाली संघर्षशील चेली हुँ । अहिले म काठमाडौं–२ का लागि थपना उम्मेदवार होइन ।  देशभरका छोरीहरूका लागि आशाको, विश्वासको, भरोसा र भविष्यको एउटा सपना देख्ने उम्मेदवार हुँ । रोल्पामा जाँड छान्ने ओनसरी भनेर पनि कतिपयले सामाजिक सञ्जालमा भन्नुभएको मैले पढेको छु । तपाईंहरूलाई स्मरण गराउन चाहन्छु – निरंकुश राजतन्त्रका विरुद्ध व्यवस्था बदल्नका लागि पेटमा बच्चा हुँदा बन्दुक बोकेर हिँडेको अनुभव मसँग छ,’ घर्तीले भनिन् ।


Advertisment
Nabil box
Kumari

घर्तीले निर्वाचन जितेपछि पनि काठमाडौं–२ को विकासका मुद्दा लिएर मतदाताको घरदैलोमा आउने प्रतिबद्धता जनाइन् । आफूले चुनावी घोषणापत्रमार्फत टनेल, स्पोर्ट सिटी, सम्पदा शहर लगायतका भिजन अघि सारेको भन्दै उनले प्रतिबद्धता जनाउँदै ती प्रतिबद्धता कार्यान्वयन गराउन आफूसँग प्रष्ट योजना रहेको उल्लेख गरिन् ।

Vianet communication

निर्वाचनपछि गठबन्धनको बलियो सरकार हुने चर्चा गर्दै उनले आफ्ना प्रतिबद्धता पूरा गरेरै छाड्ने बताइन् । केपी ओलीको व्यवस्था सिध्याउने, संविधान सिध्याउने, लोकतन्त्रिक व्यवस्थामा प्राप्त अधिकारमाथि धावा बोल्ने हर्कतका कारण व्यवस्था जोगाउन र अवस्था फेर्न यो गठबन्धन बनेको उनको भनाइ थियो । 

अबको ५ वर्ष यही गठबन्धनले संघीय सरकार र प्रदेश सरकारको नेतृत्व गर्ने तथा जनतालाई विकास र समृद्धि दिने विश्वास व्यक्त गरिन् । तथ्यहरूले केपी ओलीको राष्ट्रवाद खोक्रो राष्ट्रवाद भन्दै घर्तीले बाहिर चुच्चे नक्साको हल्ला गरेर भित्रभित्रै ‘रअ’ प्रमुखसँग बालुवाटारमा मध्यरातमा मन्त्रणा गर्ने र चुच्चे नक्सा सहितको पाठ्यक्रम छाप्न रोक लगाउने काम ओलीले गरेको बताइन् ।

चुच्चे नक्सा छाप्ने निर्णय तत्कालीन नेकपाले गरेपछि बाध्यतामा परेर ओलीले क्याबिनेटबाट पास गरेको र ससदले सर्वसम्मतिले पारित गरेको बताइन् । ओलीकालका धेरै यस्ता नकारात्मक सूचकहरूको असर नेपाललाई भोलिका दिनमा अझ पर्ने बताइन् ।

दुवै छिमेकी र सिंगो विश्वसँग सन्तुलित र नेपालको हितमा हुने गरी सम्बन्ध कायम गरेर नेपालीको शिर उचो हुने काम गठबन्धनले गर्ने उल्लेख गरिन् । 
 
गणतन्त्रलाई थप संस्थागत गराउन, संघीयताको कार्यान्वयन गराउन, जनताको जीवनस्तरमा सुधार गर्दै सामाजिक न्याय कायम गराउन र नेपाली जनताले चाहेको द्रूतगतिको विकासका लागि आवश्यक कानून निर्माण गर्ने र संसदमा त्यसका लागि पैरवी गर्नु आफ्नो दायित्व कर्तव्य र प्राथामिकता हो भन्ने आफूले राम्रोसँग बुझेको उनको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x