
राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका पुकार बमले आफ्नो पक्षमा विभिन्न २० प्रबुद्ध व्यक्ति उभिएको बताएका छन् । आइतबार हुने निर्वाचनमा आफूलाई ती व्यक्तिले समर्थन गरेको भन्दै बमले सामाजिक सञ्जालमार्फत आभार प्रकट गरेका छन् ।
मौनअवधिअघि बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै बमले विगत ६ महिनामा आफ्नो उम्मेदवारीप्रति उत्साहजनक समर्थन र शुभेच्छा प्रदान गर्ने सबै धन्यवाद ज्ञापन गरेका छन् ।
उनले काठमाडौं क्षेत्र नं १ मा आफूलाई जिताउन आग्रह पनि गरेका छन् ।
यी प्रबुद्ध व्यक्ति जसले बमलाई समर्थन गरे–
१. डा. गोविन्द केसी, सत्याग्रही
२. डा. दीर्घ सिंह बम, पूर्व सचिव/गीतकार
३. सुरक्षा पन्त, कलाकार
४. प्रिया सिग्देल, मिस अर्थ
५. खगेन्द्र लामिछाने, कलाकार
६. निश्चल बस्नेत, चलचित्र निर्देशक
७. प्रदीप भट्टराई, चलचित्र निर्देशक
८. रेशु अर्याल, का.म.नपा शिक्षा सल्लाहकार
९. नम्रता श्रेष्ठ, मिस नेपाल २०२०
१०. ओम प्रकाश अर्याल, अधिवक्ता
११. प्रनील तिमल्सिना, गायक
१२. मुस्कान खातुन, सामाजिक अभियन्ता
१३. विकाश शाही, पूर्व राष्ट्रीय खेलाडी
१४. डा. विष्णु जोशी, वैज्ञानिक
१५. डा. प्रगती घिमिरे, जनस्वास्थ्य विज्ञ
१६. रबिन्द्र सिंह बानीयाँ, चलचित्र निर्माता
१७. निर्मल शर्मा, कलाकार
१८. प्रदीप खड्का, अभिनेता
१९. सपना रोका, अभियन्ता
२०. सन्तोष सेन, निर्माता