२४ असार २०८३, बुधबार

युएईविरुद्ध निर्णायक खेल खेल्दै नेपाल

युएईविरुद्ध निर्णायक खेल खेल्दै नेपाल

 घरेलु टोली नेपालले तेस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज (शुक्रवार) पाहुना टोली युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र युएईबीचको खेल बिहान ९ बजे शुरू हुनेछ ।

नेपाल र युएईबीचको यस खेल सिरिजको निर्णायक खेलको रुपमा रहेको छ । किनकि तीन खेलको सिरिज १-१ को बराबरीमा रहेको छ ।

सिरिजको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो । तर, दोस्रो खेलमा नेपालले ३ विकेटको जित हासिल गरेको थियो ।

यस्तोमा अन्तिम खेलमा दुबै टोली जित निकाल्दै सिरिज आफ्नो बनाउने योजनामा रहेका छन् । 

नेपाल आजको खेल जितेमा सिरिज २-१ ले जितेर ईतिहास कायम हुन्छ ।
 
 

salt training

कमेन्ट गर्नुहोस्