१२ साउन २०८३, मंगलबार

नाइजेरियाली सुरक्षा कारबाहीमा ५० हतियारधारी मारिए

नाइजेरियाली सुरक्षा कारबाहीमा ५० हतियारधारी मारिए

नाइजेरियाको सेनाले यहाँका विभिन्न राज्यमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ५० जना हतियारधारी विद्रोही मारिएको जनाइएको छ ।

अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँका उत्तरी क्षेत्रमा बोको हराम तथा कतिपय क्षेत्रमा इस्लामिक स्टेट्ससँग सम्बन्ध रहेका स्थानीय आतङ्ककारी समूहहरूको हात रहेको छ ।

गएका दुई हप्तायता नाइजेरियाको सेनाको नेतृत्वमा यहाँका सबै सुरक्षा निकायले जारी राखेको कारबाहीका क्रममा ती हतियारधारीहरू मारिएको यहाँको सेनाले बिहीबार जानकारी दिएको छ । यसरी मारिनेमा इस्लामिक स्टेट्स वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्ल्युएआर) र बोको हरामका लडाकु रहेका पनि जानकारी दिइएको छ ।

यहाँको बोर्नो राज्यमा यही नोभेम्बर ४ र ५ मा गरिएको हवाइ कारबाहीका क्रममा परेर बोको हरामका दुई जना कमाण्डर मारिएका छन् । उनीहरूका नेतृत्वमा सो राज्यका विभिन्न क्षेत्रमा सर्वसाधारण तथा सुरक्षाकर्मीहरूको हत्या गर्ने तथा अन्य हिंसात्मक कार्यहरू गर्ने गरेको सूचनाका आधारमा गरिएको कारबाहीमा ती लडाकु कमाण्डर मारिएका बताइएको छ ।

यस कारबाहीका क्रममा अपहरणमा परेका सर्वसाधारणहरूलाई पनि अपहरणमुक्त गरिएको जनाइएको छ । साथै बोको हराम र अरू स्थानीय आतङ्ककारी समूहका कैयौँ सदस्यले आत्मसमर्पण पनि गरेका थिए । रासस

salt training

कमेन्ट गर्नुहोस्