ट्विटरका नयाँ मालिक इलोन मस्कले कठोर परिश्रम नगर्ने कर्मचारीहरूलाई जागिरबाट निस्कनका लागि निर्देशन जारी गरेपछि बिहीवार सयौं कर्मचारीले राजीनामा दिएका छन् ।
उनीहरूको राजीनामापछि ट्विटरको केन्द्रीय कार्यालयका भिडियोहरू भाइरल हुन थालेका थिए । कार्यालयको विद्युतीय डिस्प्लेमा मस्कलाई तानाशाह, परजीवी, पागल र अहंकारी लेखिएको थियो ।
कति कर्मचारीले अहिलेसम्म राजीनामा दिए, स्पष्ट हुन सकेको छैन ।
मस्कले बुधवार कर्मचारीहरूलाई एउटा ईमेल पठाएर अन्तिम चेतावनी दिएका थिए । कम्पनीको शर्तअनुसार काम गर्न, नमाने राजीनामा दिन उनीहरूलाई भनिएको थियो । कठोर परिश्रमका लागि तयार रहन र ट्विटरको नयाँ संस्करणका लागि ढिलोसम्म काम गर्न सुझाव दिइएको थियो ।
बिहीवार साँझ ५ बजेसम्ममा शर्तलाई स्वीकार नगरेमा तीन महिनाको नोटिस दिएर जागिरबाट निकाल्ने भनिएको थियो ।
राजीनामा दिएका कर्मचारीहरू स्वेच्छाले छोडेको बताइरहेका छन् । आफूहरूले छोडेपछि कम्पनीलाई रिकभर हुन समय लाग्ने उनीहरूको कथन छ ।
तलको लिंक क्लिक गरेर भिडियो हेर्नुहोला :